अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

चीनमा भीषण बाढी, ठूलो जनधनको क्षति,२२ लाखभन्दा बढीको उद्धार

बिआरटीनेपाल २०७७ असार २९ गते ०:१९ मा प्रकाशित

चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । त्यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

यो बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएको बताइएको छ । चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो । चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ । पछिल्ला केही दिनमा आएको बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको बताइएको छ । बाढीका कारण त्यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका बताइएको छ ।

बाढीले त्यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट चीनमा ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ । बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू