अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला

बिआरटीनेपाल २०७७ असार २८ गते २३:२७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो । देशका अधिकांश राज्यमा गत हप्ताको तुलनामा संक्रमणको दर पुनः बढेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू