अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा कांग्रेसको आपत्ति

बिआरटीनेपाल २०७७ असार २८ गते २३:२४ मा प्रकाशित

नेपाली कांग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ । कास्की कांग्रेसको आइतबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको हो ।

बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ । लकडाउनको अवधिलाई शून्य मानेर कर र ऋणको व्याजमा समेत सहुलियत दिन माग गरेको छ । बैठकले बाढी पहिरो प्रभावितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू