अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

कोभिड–१९ का कारण विश्वभर १ करोड ३० लाख ३९ हजार ८ सय बढी संक्रमित, ५ लाख ७१ हजार ६ सय ५९ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २८ गते २३:०९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ३० लाख ३९ हजार ८ सय ५३ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ७१ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७५ लाख ८७ हजार ७ सय १६ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२, ब्राजिलमा ७२ हजार १ सय ५१, भारतमा २३ हजार १ सय ८७, रसियामा ११ हजार ३ सय ३५, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३५ हजार ६, बेलायतमा ४४ हजार ८ सय १९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १२ हजार ८ सय २९ , इटालीमा ३४ हजार ९ सय ४५, फ्रान्समा ३० हजार ४, यसैगरी जर्मनीमा ९ हजार १ सय ३४ , क्यानडामा ८ हजार ७ सय ८३ र बेल्जियममा ९ हजार ७ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार २ सय ६६, बंगलादेशमा २ हजार ३ सय ५२ , अफगानिस्तानमा १ हजार १० , श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८४ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू