अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

नर्थ क्यारोलाइनामा २०७ औँ भानु जयन्ती भर्चुअल सम्पन्न

बिआरटीनेपाल २०७७ असार २८ गते १२:२१ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसी एनसी) को संयुक्त आयोजनामा यसपालिको २०७ औँ भानु जयन्ती भर्चुअल सम्पन्न भयो । उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिखर दुलालले गर्नु भएको थियो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर भर्चुअल सहभागी हुनुभएका अतिथिहरू नेपालबाट कल्पतरु साहित्यिक पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’, कार्यकारी सम्पादक गोकुल अधिकारी, अतिथि सम्पादक मुकुन्द अर्याल हुनुहुन्थ्यो भने अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने अतिथि कविहरू क्रमशः गोविन्दसिंह रावत, मुक्ति गौतम, दिपा राई पुन, राजेन्द्र अर्याल, सीता अर्याल, उर्मिला निर्दोषी, दुर्गा दाहाल, संस्थाका सल्लाहकारहरू ईश्वर देवकोटा, डा.नारायण राजभण्डारी, मनोज प्रधान उपस्थित हुनुको साथै साहित्यकार डा. हरिहर भट्टराई, अनेसास बोर्ड अफ ट्रस्टीका प्रतिनिधि पदम विश्वकर्मा, एनसी एनसीका अध्यक्ष रविन्द्र कार्की तथा सदस्यहरू, साहित्यकार निलम कार्की निहारिका र एनआरएन अध्यक्ष कुलानन्द शर्मा हुनुहुन्थ्यो भने भानु जयन्ती कार्यक्रमलाई रेडियोबाट लाइभ प्रसारण गरिदिन रेडियो हिमालयका सञ्चालक तथा प्रस्तोता बुद्दी विश्वकर्मा हुनुहुन्थ्यो ।

कार्यक्रमका अध्यक्षले आफ्नै घरबाट आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण गरी सुरु भएको कार्यक्रमको सुरुवातको सञ्चालन संस्थाकी वर्तमान अध्यक्ष नम्रता गुरागाईंले गर्नुभएको थियो भने उपस्थित दर्शक दिर्घालाइ स्वागत संस्थाकी महासचिव निर्मला राजभण्डारीले गर्नु भएको थियो । कार्यक्रममा साहित्यकार डा. हरिहर भट्टराईले भानुभक्तका सक्कली र नक्कली तस्बिरहरू दुवै देखाएर भानु जयन्तीमा सक्कली तस्बिर राखिनुपर्ने कुरामा जोड दिनुभयो ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो सत्रको सञ्चालन संस्थाका सदस्य डा.ऋषि बस्ताकोटीले कल्पतरु साहित्यिक पत्रिका र प्रधान सम्पादक नवराज पुडासैनीको छोटो परिचय दिएर सुरु गर्नुभएको थियो । कार्यक्रममा पत्रिकाको विमोचन तथा छोटो मन्तव्य प्रधान सम्पादक स्वयंले गर्नुको साथै उक्त पत्रिकाभित्र प्रकाशित केही कविताहरूको संक्षिप्त समीक्षा साहित्यकार डा. गोविन्दसिंह रावतले गर्नु भएको थियो ।

कार्यक्रममा सम्पूर्ण अतिथि कविहरू तथा स्थानीय कविहरूले आ—आफ्ना कविता वाचन गर्नुभयो । स्थानीय कविहरूमा जितमान बस्नेत, सविता विष्ट, दीपेन्द्र विष्ट, रमेशप्रसाद गौतम, निलम कार्की निहारिका, गीता बस्नेत, ईश्वर देवकोटा, उमा शर्मा, डा. अच्युत शर्मा, शिशिर खनाल हुनुहुन्थ्यो । यसै गरी दुइ वर्षमा साहित्यिक संस्थाको कार्यसमिति परिवर्तन भएर नर्या कार्यसमिति आउनु पर्ने प्रावधान अनुसार २०२०—२०२२ को लागि नम्रता गुरागाईंको नेतृत्वमा नयाँ कार्यसमिति भएको कुरा कार्यक्रमका अध्यक्षले घोषणा पनि गर्नुभयो । उक्त कार्यसमितिको अध्यक्ष: नम्रता गुरागाईं, उपाध्यक्ष: शिशिर खनाल, कार्यकारी सचिब: निर्मला राजभण्डारी, कोषाध्यक्ष: सुजाता ढुङ्गेल, सदस्यहरू विक्रम गौतम, डा. अच्युत शर्मा, डा.ऋषि बस्ताकोटी, उमा शर्मा, गीता बस्नेत र शिखर दुलाल (पदेन सदस्य) रहनुभएको छ ।

कार्यक्रमको दोस्रो चरणलाई संस्थाकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले अमेरिकाको नर्थ क्यारोलाइनामा हुर्कँदै गरेका र नेपाली सिक्न इच्छुक नेपाली मूलका अमेरिकन भाइबहिनीहरूका लागि खोलिएको नेपाली पाठशालाको छोटो परिचय दिदैं सञ्चालनमा गर्नुभएको उक्त समारोहमा किन्डरग्राटेन देखि १२ कक्षा र १२ कक्षा सकेर कलेज गएका ४० जना नयाँ र पुराना भाइबहिनीहरूको उपस्थिति रहेको थियो । सधैँ झैँ केही न केही विषय दिएर नेपाली भाषामा बोल्न प्रोत्साहन गर्ने हाम्रो अभियानमा यसपालिको विषय कोभिड–१९ र यसले भाइबहिनीहरूमा पारेका प्रभाव रहेको थियो । कोरोना भाइरसको सङ्क्रमणको कारण हाम्रा दैनिकीहरूले कोल्टे फेरेको बेला हामी सबैले यो वर्षलाई अनौठो तरिकाले बिताइरहेका छौँ । हामी ठुलालाई त सजिलो छैन झन् सानाहरूको चन्चले उमेरमा गर्मी बिदा हुनु अघि नै विद्यालय बन्द भएर घर बस्नु परेको, साथीभाइसँग भेटेर हाँस्न खेल्न नपाएको तथा विद्यालयको बाँकी रहेको पढाइ समेत भर्चुअल पढेर सिद्ध्याउनु पर्दा उनीहरूलाई कस्तो अनुभव भएको छ भन्ने हाम्रो जिज्ञासालाई भाइबहिनीहरूले विस्तृत रूपमा प्रस्तुत गरे । कोराना भाइरस के हो र यसबाट बच्न के गर्नुपर्छ भन्ने कुरालाई गीत, कविता, चिठी, लेख र मन्तव्यका माध्यमबाट प्रस्तुत गर्दा लाग्थ्यो हामी अमेरिकामा नभएर नेपालको कुनै ठाउँमा भानु जयन्ती मनाइरहेका छौँ ।

आ–आफ्नो प्रस्तुति दिने भाइबहिनीहरूमा गुन्जना न्यौपाने, बबी नेपाल, रबी नेपाल, बिभुषा गौतम, तारोहित पोख्रेल, बिभु पोख्रेल, विसप थापा, सलिल ढकाल, श्रेया ढकाल, अग्रिमा सापकोटा, सगुन आचार्य, सम्पदा आचार्य, प्रतिज्ञा बन्जाडे, नेरिका प्रधान, प्रोग्रेस प्रधान, सेजल घिमिरे, स्कन्ध आचार्य, स्तुती आचार्य, परिधि ढकाल, केभिन खनाल, कृस्टिना खनाल, सायन लामिछाने, कृश पोख्रेल, कृति पोख्रेल, शौरभी ढकाल, निभ्या कार्की, निस्का कार्की, सृष्टि पौडेल, सुप्रिम तिमल्सिना, निर्विरोध तिम्सिना, अनुस्कृति सापकोटा, आहान श्रेष्ठ, अभ्नी श्रेष्ठ, आर्या श्रेष्ठ, जिन्ता भट्ट, आयुश्मा शर्मा, अग्रता दाहाल, आस्रिया ढकाल, अबन्तिका र श्रेष्ठ रहेका थिए ।

कार्यक्रमको अन्तिम चरणमा भाइबहिनीहरूको प्रस्तुतिको बारेमा संस्थाका सदस्य तथा नेपाली पाठशालाका शिक्षक विक्रम गौतमले भाइबहिनीहरूले बुझ्ने गरी सरल भाषामा नेपाली भाषा सिकाइलाई निरन्तरता दिन हौसला थपिदिनु भयो । त्यस्तै एन आर एन नर्थ क्यारोलाइनाका अध्यक्ष कुलानन्द शर्माले नयाँ कार्यसमिति बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो भने एनसी एनसीका अध्यक्ष रविन्द्र कार्कीले भाइबैनीहरुको मिठो प्रस्तुतिको श्रेय नेपाली पाठशालाका शिक्षक शिक्षिकाहरू र उत्साही अभिभावकहरूलाई जाने कुरामा दुइमत नभएको कुरा बताउनुको साथै एनसी एनसीको तर्फबाट सहभागी सबै भाइबहिनीहरूलाइ सानो उपहार दिने कुराको जानकारी गराउनुभयो । आफ्नो दुइ वर्ष लामो कार्यकालमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुका साथै नयाँ कार्यसमितिको सफल कार्यकाल शुभकामना दिँदै कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष शिखर दुलालले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू