अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

भारतमा कोरोना सङ्क्रमणमा तीव्रता आएसँगै अक्सिजनको अभाव

बिआरटीनेपाल २०७७ असार २८ गते ६:४६ मा प्रकाशित

भारतमा कोरोना भारतमा कोरोना भाइरस सङ्क्रमणमा तीव्रता आएसँगै अक्सिजनको अभाव हुन थालेको छ । विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएका बिरामीहरुलाई अक्सिजनको अभाव हुन थालेको हो ।

बीबीसीले लेखे अनुसार भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई निर्देशन दिइएको बताएको छ ।

भारतमा हालसम्म ८ लाख ५० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या २२ हजार ६ सय नाघिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू