अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

युएईद्वारा भिसा नवीकरण प्रक्रिया फुकुवा, हजारौं कामदार खुशी

बिआरटीनेपाल २०७७ असार २८ गते ६:४३ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स युएईले कोभिड १९ का कारण रोकिएको भिसा नविकरण प्रक्रिया फुकुवा गरेको छ । फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आजै देखि लागू हुने गरी आवासिय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नविकरण गर्न पाउने घोषणा गरेको हो ।

यो घोषणा संगै म्याद सकिसकेका हजारौं कामदारहरुमा खुशियाली छाएको छ । विगतका दिनमा भन्दा कोरोना संक्रमितको संख्या घटेपछि सरकारले यो निर्णय गरेको बताईएको छ ।भिसा नविकरण गर्न नपाएपछि लाखौं स्वदेशी र बिदेशी कामदारहरु मारमा परेका थिए । भिसाको म्याद गुर्जेपछि बिदेशी कामदारहरु स्वदेश फर्केका थिए भने कतिपय स्वदेश फर्कने पर्खाइमा छन् ।

सरकारको यो निर्णय संगै अव भिसा र वर्क परमिटका लागि म्याद गुज्रेका कामदारहरुले आगामी सेप्टेम्बर सम्म भिसा नविकरण गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू