अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

जर्मन चान्सलर मर्केलको विश्व नेताहरुलाई सन्देशः ‘झूठो बोलेर महामारीमाथि विजय मिल्दैन’

बिआरटीनेपाल २०७७ असार २८ गते ६:४२ मा प्रकाशित

जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले लिएका कदमप्रति अनेकन आशंका भइरहँदा कोभिड १९ माथि सफलतापूर्वक विजय पाएको जर्मनीकी नेता मर्केलले झूठो नबोल्न सन्देश दिनुभएको हो ।

मर्केलले कसैको नाम त लिनुभएन तर अमेरिका, ब्राजिल, रुस जस्ता कोरोना महामारीलाई व्यवस्थापन गर्न विफल देखिएका नेताहरुतर्फ संकेत गर्दै भन्नुभयो, ‘तपाईं झूठो बोलेर वा गलत सूचना बाँडेर महामारीमाथि विजय पाउन सक्नुहुन्न । यस्तै तपाई यसविरुद्ध घृणा गरेर पनि लड्न सक्नु हुन्छ तर त्यसले झन् विकृत रुप धारणा गर्नेछ । लोकप्रियताका लागि यथार्थ सच्चाईलाई नकार्न सकिन्न ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति जेयर बोल्सोनारो र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको कानै घोच्ने गरी निकै सशक्त तर शान्त, सतर्क, आत्मसंयम र तथ्यपूर्ण रुपमा मर्केलले नेताहरुको ध्यानाकर्षण गराउनुभएको हो ।कुनैबेला तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले त मर्केललाई उदार अन्तर्राष्ट्रीय व्यवस्थाको नेतृत्व गर्नुपर्ने आवश्यकता नै औल्याउनु भएको थियो ।

ट्रम्पबाट विश्वको नेतृत्व सम्भव नदेख्ने एवं वर्तमानमा कोरोना जस्तो महामारीलाई सम्बोधन गर्न असफल नेताहरुका बीचमा मर्केलले कसरी जनतालाई विश्वासमा लिएर जर्मनीलाई बाहिर निकाल्नुभयो भन्ने विषय अहिले निकै चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू