अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

रूसी विश्वविद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

बिआरटीनेपाल २०७७ असार २८ गते ६:४१ मा प्रकाशित

रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएकाइन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।

क्लिनिकल अध्ययनका लागि औषधी दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९ जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उहाँले बताउनुभयो ।

महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधिजस्ता महत्वपूर्ण र जटिल उत्पादनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू