भारतबाट सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेका छन् । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएको बताउनुभएको छ । झुन्ड धेरै ठूलो नभएर एक÷ दुई लाखको संख्यामा रहेको सुवेदीले जानकारी दिनुभयो ।
यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सुवेदीले भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुन्डबाट टुक्रिएर नेपालतिर आएको अनुमान गरिएको बताउनुभयो । केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।
सलहको झुण्ड देखापरेपछि मकैबारी र धानखेतमा किसानहरुले भाँडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरेका छन् ।