अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

अवैध रुपमा मिर्गाैला प्रत्यारोपण गरेको आरोपमा ३ डाक्टरसहित १२ जना पक्राउ

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३८ मा प्रकाशित

अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार ९ जना र शनिबार चितवनबाट ३ जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। उनीहरुलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ । उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू