अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

स्वास्थ्य संस्थामा आएका बिरामीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि चिन्ता बढ्यो

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३३ मा प्रकाशित

पछिल्लो पटक स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा पुगेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखिएपछि, चिन्ताको विषय बनेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण नभएकाहरु अन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । पछि उनिहरुमा कोरोना लागेको पुष्टि हुँदा स्वास्थ्यकर्मी र अन्य विरामीलाई पनि सङक्रमणको जोखिम बढेको छ ।

नेपालमा ८ हजारभन्दा बढी सरकारी स्वास्थ्य संस्थाहरु छन् भने ३ सय ६७ वटा निजी स्वास्थ्य संस्थाहरु छन् । जसमध्ये सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि एक सयभन्दा बढी अस्पताललाई स्वीकृति दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका सहितका देशका विभिन्न क्षेत्रमा भेटिएका कोरोना सङ्क्रमितको यात्रा विवरण पुष्टि हुन सकेको छैन । जसले समूदायमा कोरोना फैलियोकी भन्ने, आशंका र चिन्तालाई थप बल पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू