अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, १४७ जना डिस्चार्ज, १६ हजार ८ सय १ संक्रमित

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३२ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ५१ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाकोमात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् । यसैगरी, ८ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालमा संक्रमित भएकामध्ये शून्य दशमलव तीन प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू