अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

पार्टी भित्र कसैलाइ राष्ट्रवादी कसैलाइ दलाल देखाउन खोजिएको भन्दै नेकपा अध्यक्ष प्रचण्डको आपत्ति

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३१ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । चितवनमा आज आयोजित कार्यक्रममा प्रचण्डले पार्टी भित्र कसैलाई दलाल र कसैलाई महान् राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

पार्टीलाई एकतावद्ध राख्नु नै सबैको कर्तव्य भएको भन्दै उहाँले कोही राष्ट्रघाती दलाल, कोही महान् राष्ट्रवादी भन्ने नहुने प्रचण्डको भनाइ थियो । सबै मिलेरै नाकाबन्दीको सामना गरेको र सबै मिलेरै नक्शा बनाएको भन्दै प्रचण्डले भन्नुभयो, के को राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा कसरी ?

पार्टीलाइ कुनै हालतमा फुट्न नदिने प्रतीज्ञा गर्दै प्रचण्डले सरकारले लिएका राम्रा अडान, निर्णय र काममा पार्टीको सिंगो पंक्तिको साथ रहेको र पार्टी बैठकबाटै धन्यवाद दिइएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू