अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

कोभिड–१९ का कारण विश्वभर १ करोड २८ लाख ७२ हजार ६ सय बढी संक्रमित, ५ लाख ६८ हजार ३ सय १४ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २८ गते ६:३० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड २८ लाख ७२ हजार ६ सय ५५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ६८ हजार ३ सय १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७५ लाख २ हजार १ सय ७८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३७ हजार ४ सय १४, ब्राजिलमा ७१ हजार ४ सय ९२, भारतमा २२ हजार ७ सय १८, रसियामा ११ हजार ३ सय ३५, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३४ हजार ७ सय ३०, बेलायतमा ४४ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १२ हजार ८ सय २९ , इटालीमा ३४ हजार ९ सय ४५, फ्रान्समा ३० हजार ४, यसैगरी जर्मनीमा ९ हजार १ सय ३४ , क्यानडामा ८ हजार ७ सय ७३ र बेल्जियममा ९ हजार ७ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार १ सय ९७, बंगलादेशमा २ हजार ३ सय ५२ , अफगानिस्तानमा १ हजार १० , श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू