अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

रियल मड्रिडले आल्भेसलाई हरायो, बेन्जिमाले देखाए चमत्कार

बिआरटीनेपाल २०७७ असार २७ गते ६:३१ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले आल्भेसमाथि २–० को जित दर्ता गर्यो । रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो ।

रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा १ स्थान माथि छ ।

प्रतिक्रिया