अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

अमेरिकामा दिन प्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै

बिआरटीनेपाल २०७७ असार २७ गते ६:२८ मा प्रकाशित

कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा दिन प्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन भेटिएको हालसम्मकै धेरै कोरोना सङ्क्रमितको संख्या हो । यो संख्यासँगै अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय नाघेको छ । यस्तै कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६ सय नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू