अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

कोरोना भाइरसको संक्रमणबारे अध्ययन गर्न डब्लुएचओको टोली चीन प्रस्थान

बिआरटीनेपाल २०७७ असार २७ गते ०:२४ मा प्रकाशित

कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन गएको छ ।डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धबारे अनुसन्धान गर्नेछ ।टोलीमा पशु विज्ञान र महामारीका विज्ञहरु छन् । उक्त टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्ने बताइएको छ ।

उहाँले कोरोना भाइरस महामारीविरुद्ध जारी लडाईको समीक्षा गर्न बिहीबार गठन भएको एक स्वतन्त्र प्यानलमा विश्व स्वास्थ्य संगठनको कुनै भूमिका नहुनेसमेत बताउनुभएको छ ।

चीनबाट सन् २०१९ को डिसेम्बर अन्तिबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । यस महामारीको उत्पत्तिमा चीनको हात रहेको भन्दै चर्को आलोचना भएपछि यसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टोली चीन प्रस्थान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू