अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानद्धारा दुःख ब्यक्त

बिआरटीनेपाल २०७७ असार २७ गते ०:२१ मा प्रकाशित

अविरल बर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानले दुःख ब्यक्त गरेका छन् । नेपालस्थित भारतीय दूतावास र पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताउनुभएको छ ।

विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेख्नुभएको छ , ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’

नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । ‘बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी देशका विभिन्न भागमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३६ जना बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू