अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

विश्वभर ७३ लाख भन्दा बढी कोरोना संक्रमित निको, ५ लाख ६१ हजार ९८७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार २७ गते ०:२२ मा प्रकाशित

विश्वभरी फैलिईरहेको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । विश्वभर यसको संक्रमण बढ्दो क्रममा रहेको छ । तरपनि यो रोगबाट निको हुनेहरुको संख्यापनि तिव्ररुपमा सुधार देखिएको छ । शनिवार विहान सम्म विश्वभर एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा निको भएर घर फर्किएका छन् ।

विश्वको तथ्याँक उपलब्ध गराउदै आएको वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको छ । यस्तै १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ८७६ जनाको मृत्यु भएको छ । २५ लाख ४६ हजार ८९९ जना संक्रमित भएकोमा १४ लाख ९१ हजार ९९५ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८३ हजार १७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३८ लाख ४९ हजार २१५ पुगेको छ । त्यसमध्ये १७ लाख ६२ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६७ हजार ७२७ जनाको मृत्यु भएको छ । २८ लाख ४८ हजार ६० जना संक्रमित भएकोमा १९ लाख ५८ हजार ६५० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २ हजार २२७ जनाको मृत्यु भएको छ । २७ लाख ९६ हजार ५१ जना संक्रमित भएकोमा १८ लाख २३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् ।अफ्रिकी मुलुकहरूमा १२ हजार ८०३ जनाको ज्यान गएको छ भने ५ लाख ६२ हजार ३५७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ७४ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । ११ हजार २१ जना संक्रमित भएकोमा ९ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू