अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

के हो ब्रेन ट्युमर, कसरी हुन्छ ? यस्तो लक्षण देखियो भने डाक्टरलाई भेट्नुहोस्

बिआरटीनेपाल २०७७ असार २६ गते १६:२० मा प्रकाशित

शारीरिक असन्तुलन, वान्ता हुनु, दृष्टि धमिलो हुनु, टाउको दुख्नु जस्ता कुरालाई अक्सर मानिसले सामान्य मान्छन् । तर, कतिपय अवस्थामा यो गंभिर रोगको सङ्केत हुन सक्छ । सामान्य लाग्ने यस्ता लक्षण ब्रेन ट्युमरको हुन सक्छ । ब्रेन ट्युमर मस्तिष्कको कोशिकाको असामान्य रूपमा विकास हुने गर्छ ।

क्यान्सर दुई प्रकारको हुन्छ, घातक र सामान्य । दुवै प्रकारको क्यान्सरमा ब्रेनको कोशिका नष्ट हुन्छ । ब्रेन ट्युमर हुनका लागि कुनै उमेरको भेद छैन । यद्यपि उमेर बढेसँगै यो रोगको खतरा बढेर जान्छ । ब्रेन ट्युमर रेडिएसन र कुनै केमिकलको अधिक प्रयोगले पनि हुन सक्छ । यो रोग आनुवंशिक पनि हुन्छ । अर्थात् परिवारमा कसैलाई यो रोग छ भने अर्को पुस्तामा त्यो सर्न सक्छ । यसै विषयमा हामीले गण्डकी मेडिकल कलेज र पोखरा सिटी क्लिनिकका न्यूरो सर्जन डा. सुरेश सापकोटासँग ब्रेन ट्युमरको विषयमा कुराकानी गरेका छौ । हेर्नुहोस् यो अन्तरवार्ता ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू