अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

कोलोराडोमा कोरोना भाइरसको खोप परीक्षणमा

बिआरटीनेपाल २०७७ असार २६ गते ९:३१ मा प्रकाशित

अरोरा, कोलोराडो । कोलोराडोमा कोरोना भाइरसको खोप परीक्षण हुने भएको छ । परीक्षणका लागि युनिभर्सिटी अफ कोलोराडो र युसिहेल्थ युनिभर्सिटी अफ कोलोराडोका अनुसन्धानकर्ताले बिरामीलाई तयारी प्रशिक्षण दिने भएका छन् ।

युसिहेल्थले बिहीबार बिहान विज्ञप्ति जारी गरी युसि हेल्थ युनिभर्सिटी अफ कोलोराडो अस्पतालमा २ महिना परीक्षण चल्ने बताएको छ । ‘युनिभर्सिटी अफ कोलोराडो अस्पताल राज्य व्यापी कोभिड प्रिभेन्सन नेटवर्कको हिस्सा हो । हामीसँग खोप परीक्षणका लागि बिरामीको जमात उपलब्ध छ,’ दुवै युनिभर्सिटीसँग सम्बन्धित फिजिसियन डा. थमस क्याम्पबेलले भने, ‘परीक्षण सफल भए कोरोना भाइरसको महामारीको दिशा नै परिवर्तन हुन्छ ।’
परीक्षणका लागि युसिहेल्थ र कोलोराडो युनिभिर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले १ हजार बिरामीलाई तयार गर्नेछन् । उनीहरूले परीक्षणमा सहभागी बिरामीको १ वर्षसम्म अनुगमन गरेर खोप सुरक्षित भए÷नभएको र उनीहरूलाई कोरोना भाइरस संक्रमण भए/नभएको जस्ता कुराको अनुगमन गर्नेछन् ।

क्याम्पबेलका अनुसार यो अध्ययन भाइरससम्बन्धी यसअघि भएका अध्ययन भन्दा फरक हुनेछ । उनका अनुसार यो परीक्षणमा कोरोना भाइरस जेनेटिक कोड र यसको प्रोटिनलाई केन्द्रबिन्दु बनाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू