अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

भारतीय कुख्यात ग्यांग्स्टर विकास दुबे प्रहरी इन्काउन्टरमा मारिए

बिआरटीनेपाल २०७७ असार २६ गते ७:१० मा प्रकाशित

कुख्यात भारतीय गुण्डा नाईके विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन । दुबेलाई आज बिहान मध्य प्रदेशको उज्जेनबाट उत्तर प्रदेशको कानपुर लैजाँदै गर्दा भाग्न खोजेपछि गोली चलाएको बताईएको छ । उनी सवार गाडी पल्टिएपछि प्रहरीको पेस्तोल खोसेर भाग्न खोजेपछि उनलाई गोली हान्नु परेको प्रहरीको तर्क छ ।

कम्मर र टाउकोमा गोली लागेका दुबेको अस्पतालमा मृत्यु भएको हो । भारतको उत्तरप्रदेशका कुख्यात ग्यांग्स्टर विकास दुबेलाई उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले हिजो मध्य प्रदेशको उज्जेनमा रहेको महांकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।

केही हप्ता अघि कानपुरमा दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि दुबेको समुहले गोली चलाउँदा एक जना प्रहरी उपरिक्षकसहित ८ प्रहरी मारिएका थिए । त्यसपछि भारतभर प्रहरीले दुबेको खोजी ब्यापक बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू