अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

प्रधानसेनापति थापा र प्रहरी महानिरिक्षक क्षेत्री बीच भेटवार्ता

बिआरटीनेपाल २०७७ असार २६ गते ७:०८ मा प्रकाशित

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमै पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई बधाइ एवम शुभकामना दिनुभएको छ । मर्यादाक्रममा आइजीपी भए पनि प्रधानसेनापति थापाले सुरक्षा संगठनका प्रमुखलाई उच्च महत्व दिँदै कार्यभार सम्हालेको भोलिपल्ट आजै प्रहरी मुख्यालय पुगर बधाई दिनुभएको हो ।

उहाँले प्रहरी महानिरीक्षक थापालाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनु भएकोमा सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाइ दिनुभयो । सो अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापाबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापालाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू