अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

कोभिड–१९ का कारण विश्वभर १ करोड २४ लाख २५ हजार २ सय बढी संक्रमित, ५ लाख ५८ हजार १ सय ७८ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २६ गते ७:०० मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड २४ लाख २५ हजार २ सय ४४ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ५८ हजार १ सय ७८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७२ लाख ४८ हजार ३ सय १९ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३५ हजार८ सय ३८, इटालीमा ३४ हजार ९ सय २६, स्पेनमा २८ हजार ४ सय १, फ्रान्समा २९ हजार ९ सय ७९, बेलायतमा ४४ हजार ६ सय २ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १२ हजार ४ सय ४७, जर्मनीमा ९ हजार १ सय २५ , बेल्जियममा ९ हजार ७ सय ८१, ब्राजिलमा ६९ हजार ३ सय १६ , रसियामा ११ हजार १७ र क्यानडामा ८ हजार ७ सय ४९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २१ हजार ६ सय ५६ , पाकिस्तानमा ५ हजार ५८, बंगलादेशमा २ हजार २ सय ७५ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९ सय ७१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू