अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

तनहुँ शुक्लागण्डकीमा सेती र सुरौदीको बाढी पस्यो, १५० जनाको उद्धार

बिआरटीनेपाल २०७७ असार २६ गते ६:५७ मा प्रकाशित

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा सेती नदी र सुरौदी खोलाको बाढी पसेको छ । बाढीमा फसेका १ सय ५० जनाभन्दा बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । उहाका अनुसार सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर थप क्षति पुर्याउने आशंकाका जोखिममा रहेका परिवारको उद्धार गरिएको हो ।

प्रहरी र सैनिक हाल सो क्षेत्रमा खटिएका छन् । नदीले बस्तीलाई खसाल्ने जोखिम बढेको छ । शुक्लागण्डकी नगरपालिका– वडानम्बर ४ र ८ मा पर्ने सो क्षेत्रमा ५० भन्दाबढी घर रहेका छन् । बाढीले केही पशु चौपाया बगाएपनि मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू