अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

बाढी/पहिरोको कारण देशभर ३१ जनाको ज्यान गयो, दर्जनौं बेपत्ता / घाइते

बिआरटीनेपाल २०७७ असार २६ गते १:४२ मा प्रकाशित

बिहीवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभर ठलो जनधनको क्षति भएको छ । बाढी पहिरोबाट शुक्रबार अपरान्ह सम्म ३१ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते र बेपत्ता भएका छन ।गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएराती आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन । लमजुङको वेशीसहर नगरपालिका–७ मा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।

यसैगरी कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । यस्तै पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार रूकुम पश्चिमको आठबिसकोट–३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन ।

बर्षासँगै आएको बाढी र पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू समेत अवरूद्ध भएका छन । पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको सो केन्द्रले जनाएको छ । बर्षासँगै तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । जस्को कारण मुलुकभर बर्षा भइरहेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको जल तथा मौसम बिज्ञान बिभागको भनाई छ ।मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू