अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

एक अर्काप्रतिको आरोप प्रत्यारोप र सडक प्रदर्शन रोक्न नेकपाका दोस्रा तहका नेताको आग्रह

बिआरटीनेपाल २०७७ असार २६ गते १:२१ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न दोस्रो तहका नेताहरुले नेतृत्वसँग माग गरेका छन् । सिंहदरबारमा छलफल गर्दै उनीहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शन रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

यस्ता हर्कतले वातावरणलाई थप बिगारेको भन्दै महासचिवले वक्तव्य जारी गरेर रोक्न अध्यक्षद्वयलाई आग्रह गर्ने र यसको जिम्मा नेता घनश्याम भुसाललाई दिने निर्णय भएको हो । स्थायी कमिटी बैठकमा प्रचण्ड नेपाल पक्षसहितका बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गर्दा सडकमा भने ओलीको समर्थनमा प्रदर्शन भइरहेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शन रोक्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेपनि उहाँले स्वस्फुर्त प्रदर्शन रोक्नु जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो । सडकमा ओलीको पक्ष र विपक्ष दुबै तर्फका कार्यकर्ता ओर्लिन थालेका छन् । जसले भिडन्त निम्त्याउने खतरा पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू