अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

बिआरटीनेपाल २०७७ असार २६ गते १:२७ मा प्रकाशित

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले दिनुभएको जानकारी अनुसार नेपालबिरुद्ध भारतीय न्यूज च्यानल आपत्तिजनक रुपमा प्रस्तुत भएपछि बन्द गर्ने निर्णय भएको हो ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताउनुभयो । शर्माले नेपालमा अव यस्ता न्यूज च्यानलमाथि इन्टरनेटमा पनि प्रतिबन्ध लगाउन माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू