अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला, शंकास्पद मृत्यु

बिआरटीनेपाल २०७७ असार २६ गते ०:३८ मा प्रकाशित

दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । हिजो बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको बिबिसीले जनाएको छ ।पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उहाँकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजि थालिएको थियो ।

मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो । उहाँको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक पहिचान भएको थियो ।उहाँको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उहाँ बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ ।

पार्कले हिजोका सबै सार्वजनिक कार्यक्रम रद्द गर्नुभएको थियो । पार्क सन् २०११ देखि सिओलको मेयर हुनुहुन्थ्यो । उहाँ गत जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू