अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

अख्तियारको सहसचिव भन्दै ठगी गरेको आरोपमा ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

बिआरटीनेपाल २०७७ असार २६ गते ०:४३ मा प्रकाशित

ठगी गरेको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले पक्राउ गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको जानकारी दिनुभयो ।  उहाँले थप विवरण संकलनको काम भइरहेको बताउनुभयो ।

विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेकाे बताइएकाे छ । क्षेत्री यसअघि ठूलो भूकम्प आउने अफवाह फैलाएको आरोपमा पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू