अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

बिआरटीनेपाल २०७७ असार २६ गते ०:५२ मा प्रकाशित

भारतको सीमा रक्षा गर्ने क्रममा नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनामा कार्यरत् एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दरले कान्तिपुरसँग घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गरेका छन् । प्रवक्ता आनन्दका अनुसार गुरुङ नेपालको गोरखा जिल्ला निवासी हुन् ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू