अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, अन्य ३ जना घाईते

बिआरटीनेपाल २०७७ असार २५ गते २२:०९ मा प्रकाशित

भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खाँचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको प्र्र्र्र्रहरीले जनाएको छ ।

उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति साढे ८ बजेदेखि भीषण वर्षा भएको बेंसीसहरको सातबिसे क्षेत्रमा राति १० बजेतिर पहिरो गएको प्रहरीले बताएको छ ।

घरमा दीपकका आमाबुवा र छोरी पनि बस्दै आए पनि बिहीबार राति भने उनीहरु आफन्तकोमा गएको प्रहरीले बताएको छ । दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । घरदेखि करिब ५० मिटर माथिबाट पहिरो बग्दै गरेको थाहा पाएपछि घाइतेले हारगुहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू