अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

गीतकार शिव पलाँसको नयाँ गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ असार २५ गते ११:१७ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलिना निवासी कवि तथा गीतकार शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । छिमेकीले सदियौँदेखि नेपालको सीमा अतिक्रमण गर्दै आइरहेको र यो विषय अहिले झन् बल्झिरहेको प्रतिक्रियामा यो गीत निस्किएको छ । आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो, सिमानामा देशको झन्डा गाड्ने बेला भयो स्थायी रहेको यो गीतमा रमेश कडरियाको सङ्गीत र स्वर रहेको छ ।

सङ्गीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् । रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छन् । कडरिया इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको भिडियोको निर्देशन भुवन लामाले गरेका हुन् । शिव पलाँसले माया गर्नुको अर्थ, गन्दै जाँदा पिरतीमा, बेहोशीमै छोडी गयौ, आगो भन्ने जान्दा जान्दै…लगायत करिब चार दर्जन गीत रेकर्ड गराइसकेका छन् ।

 

प्रतिक्रिया