अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

कोभिड–१९ का कारण विश्वभर १ करोड २२ लाख ४ हजार ९ सय बढी संक्रमित, ५ लाख ५२ हजार ९ सय ३४ को मृत्यु

बिआरटीनेपाल २०७७ असार २५ गते ७:१३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड २२ लाख ४ हजार ९ सय ५५ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ५ लाख ५२ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ७० लाख ९७ हजार ४ सय ३५ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३४ हजार ८ सय ८८, इटालीमा ३४ हजार ९ सय १४, स्पेनमा २८ हजार ३ सय ९६, फ्रान्समा २९ हजार ९ सय ६५, बेलायतमा ४४ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा १२ हजार ३ सय ५, जर्मनीमा ९ हजार १ सय १५ , बेल्जियममा ९ हजार ७ सय ७८, ब्राजिलमा ६८ हजार ८९ , रसियामा १० हजार ८ सय ४३ र क्यानडामा ८ हजार ७ सय ३७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २१ हजार १ सय ७४, पाकिस्तानमा ४ हजार ९ सय ८३, बंगलादेशमा २ हजार २ सय ३८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९ सय ५७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा १३ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू