अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

यस बर्षको मनसुन शुरु भएयता पहिरोले ३४, चट्याङले १७ र बाढीले १ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार २५ गते ७:११ मा प्रकाशित

नेपालमा मनसुन सुरु भएको २४ दिनमा देशभर पहिरोमा परि ३४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको विपद् जोखिम न्युनिकरण प्राधिकरणले जेठ ३० देखि असार २४ गतेसम्म देशभर पहिरोमा परि ३४ जनाले ज्यान गुमाएको जनाएको छ ।

२ जना बेपत्ता छन् भने ३० जना घाइते भएका छन्। पहिरोका कारण एक सय ३० परिवार प्रभावित भएको जनाइएको छ। यसैगरि चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते छन्। बाढीका कारण एक जनाको ज्यान गएको छ। यसैगरि आगलागीमा ३ जना र सर्पले टोकेर ८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू