अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

भारतीय सञ्चारमाध्यमको गलत प्रचार गरेकोप्रति नेपाल पत्रकार महासंघको आपत्ती

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०९ मा प्रकाशित

भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको र यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ ।

यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघले भत्र्सना गरेको छ । महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले पनि केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरु थोकमात्र गरिरहेको बताउनुभएको छ । यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू