अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

बाढी पहिरोमा परेकालाई युद्धस्तरमा उद्दार गर्न काँग्रेसको माग

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०६ मा प्रकाशित

सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति नेपाली काँग्रेसले पनि दुःख व्यक्त गरेको छ । काँग्रेसले यस स्थितिमा तत्काल युद्धस्तरमा उद्दारको कार्य गर्न सरकार समक्ष माग गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्दै देउवाले सिन्धुपाल्चोकका नेपाली काँग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू