अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

सिन्धुपाल्चोक बाह्रबिसेमा बाढीपहिरोमा परी २ जनाको मृत्यु, घाइते भएकाको उद्दार कार्य जारी, वेपत्ता २० जनाको खोजी हुँदै

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०३ मा प्रकाशित

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ जम्बुमा गएराति आएको बाढीपहिरोमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ । कम्तीमा २० जना वेपत्ता भएका छन् । घाइते भएकाको उद्धार जारी छ । घाईते ४ जनालाई उद्धार गरी काठमाडौं लगिएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमूख, एसपी प्रज्वल महर्जनले दिएको जानकारी अनुसार बाढी र पहिरोले बाटो अबरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको छ । प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते भेटिएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बाह्रबिसेका माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ र मिङमा तामाङ घाइते छन् । भोटेकोसीमा फुर्वा तामाङ र उनका १० दिनका छोरी घाइते छन् । भोटेकोसी ५ का निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता रहेको बताईएको छ । बाह्रबिसेका १६ जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ रहेका छन् ।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू