अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८ जना मात्रै कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो

बिआरटीनेपाल २०७७ असार २५ गते ७:०२ मा प्रकाशित

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ८ जनामात्र नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ५ सय ३१ पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

केही सातामा थपिएको संक्रमणमा यो सबैभन्दा कम संख्या हो । पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेका छन् ।

देशका पाँच जिल्ला धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् । अहिलेसम्म मुलुकभर कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू