अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

बिआरटीनेपाल २०७७ असार २५ गते २:५० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । जसपाले दल दर्ताको लागि एक महिना अघि आयोगमा निवेदन दिएको थियो । एकीकरणअघि संसदमा तेस्रो र चौथोँ दलको हैसियतमा रहेको पार्टी एकीकरणपछि अब संसद्को तेस्रो शक्ति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू