अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

निजी सवारी साधनले यात्रु बोकेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५९ मा प्रकाशित

यातायात व्यवसायीले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले सङ्क्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको विषयमा ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँले सरकारले दिएको निर्देशन अनुसार यातायात व्यवसायीहरु अनुशासित भएर बसेको अवस्थामा निजी सवारीहरुले यसैलाई मौका बनाएर कमाउ धन्दा चलाइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो ।

गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू