अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

‘चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा’– एफबीआई

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५७ मा प्रकाशित

अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशक प्रमुख क्रिस्टोफर रेले गुप्तचरी र चोरीका कारण चीन अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको आरोप लगाउनुभएको छ । वासिंगटनस्थित एक कार्यक्रममा उहाँले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गर्नुभएको हो ।

चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोना भाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पु¥याउन खोजेको उहाँको आरोप छ । उहाँले चिनियाँ हस्तक्षेप, आर्थिक गुप्तचरी, तथ्यांक र पैसा चोरी तथा घुस र दबावमार्फत् अमेरिकी नीतिलाई प्रभावित गर्ने अवैध गतिविधिबारे करिब एक घन्टा लामो भाषण गर्नुभएको बताइएको छ ।

देशभरिका झन्डै ५ हजार वटा प्रतिजासुसी मुद्दामध्ये आधाजति चीनसँग सम्बन्धित रहेको बताइएको छ । चीनका लागि खतरा मानिने विदेशमा बसोबास चिनियाँलाई लक्षित गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा ‘फक्स हन्ट’ नामक कार्यक्रमको सञ्चालित भएको उहाँको दावी छ ।

‘फक्स हन्ट’ अन्तर्गत एक व्यक्ति फेला पार्न नसकेपछि चीनले अमेरिकामा उनको परिवारलाई भेट्न दूत पठाएर ‘चीन फर्किन वा आत्महत्या गर्न’ सन्देश दिएको क्रिस्टोफर रेको आरोप छ । कोरोना भाइरस महामारी फैलिएको विषयदेखि चीनले हङ्कङमा लागु गरेको नयाँ सुरक्षा कानुनलगायतका विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू