अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाण्डौंमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला समर्थकले सडकमा प्रदर्शन लाई निरन्तरता दिएका हुन् ।

बुधबार राजधानीका कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा युवाहरुले प्रदर्शन गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेका विभिन्न समुहहरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

सत्तारुढ नेकपाभित्रैबाट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट शीर्ष नेताहरुले दुवै पदबाट राजिनामा दिन उहाँलाई भने लगत्तै केही दिन अघि ओलीले आफु निकटका युवाहरुलाई प्रदर्शनमा उत्रन आव्हान गर्नुभएको थियो ।

पार्टीभित्र विवाद चुलिईरहँदा शीर्ष नेता सहित दोश्रो तहका नेता कार्यकर्ता पार्टी एकताको पक्षमा जुटिरहेका छन् । यद्यपि, अहिलेसम्म निकाश निस्कन सकेको छैन । एकताको पक्षमा पहल भईरहँदा यसरी दिनहुँजसो हुनेगरेका प्रदर्शनले समस्यालाई थप जटिल वनाउने पार्टी भित्रकै नेता कार्यकर्ताको बुझाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू