अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

तोकिएका अस्पताल बाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

बिआरटीनेपाल २०७७ असार २४ गते ६:५० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले स्थानीय तहसँग कोरोनाको पीसीआर परीक्षण शुल्क मागरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको चेतावनी दिएको हो ।

मन्त्रालयले बुधबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पीसीआर परीक्षणको सरकारको खर्चमा भइरहेको बताउँदै यदि कुनै पनि निकायले शुल्क लिइएको पाइए नियमानुसार कारबाही गरिने बताउनुभयो ।

केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाका कारण आम्दानी न्युन र खर्च बढी भएको भन्दै परीक्षण गरेबापत सरकारले तोकेको ५ हजार ५०० रुपैयाँका दरले रकम शोध भर्ना गर्न स्थानीय निकायलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू