अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

कोभिड–१९ का कारण विश्वभर १ करोड १९ लाख ४९ हजार २ सय बढी संक्रमित, ५ लाख ४६ हजार ६ सय को मृत्यु

बिआरटीनेपाल २०७७ असार २३ गते २२:३७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड १९ लाख ४९ हजार २ सय १ जना संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५ लाख ४६ हजार ६ सय १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६८ लाख ९५ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ३३ हजार ९ सय ७२, इटालीमा ३४ हजार ८ सय ९९, स्पेनमा २८ हजार ३ सय ९२, फ्रान्समा २९ हजार ९ सय ३३, बेलायतमा ४४ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ११ हजार ९ सय ३१, जर्मनीमा ९ हजार १ सय ३ , बेल्जियममा ९ हजार ७ सय ७४, ब्राजिलमा ६६ हजार ८ सय ६८ , रसियामा १० हजार ४ सय ९४ र क्यानडामा ८ हजार ७ सय ११ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा २० हजार ६ सय ५३ , पाकिस्तानमा ४ हजार ८ सय ३९, बंगलादेशमा २ हजार १ सय ५१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ९ सय २० , श्रीलंकामा ११ र माल्दिभ्स्मा १२ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ८० जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू