अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

नेकपा स्थायी समिति बैठक आज बस्दै, विवाद समाधानको प्रयास गरिने

बिआरटीनेपाल २०७७ असार २३ गते २२:१४ मा प्रकाशित

स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालनमा पनि परेको छ । विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।

अध्यक्षद्धयवीच आज पनि स्थायी समिति बैठक अघि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो । स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि प्रचण्डले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आजकोे बैठकलगायतका विषयमा कुरा गर्नुभएको थियो । प्रचण्ड र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू