अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

काँग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच छलफल

बिआरटीनेपाल २०७७ असार २३ गते ७:३३ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच आज विहान भेटवार्ता भएको छ । भेटका लगि जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायत देउवा निवास बुढानीलकण्ठमा पुगेका थिए ।

भेटमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको विषयमा समीक्षा भएको छ । जनताको आवाज उठाउने स्थानलाइ हतार, हतार बन्द गरेर सरकारले मुखमा ताला लगाउने काम गरेको भन्दै दुबै दलका नेताहरुले सरकारको बिरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू