अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

शैलेस थापा नेपाल प्रहरीको नयाँ महानिरिक्षक, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२९ मा प्रकाशित

सरकारले अतिरिक्त महानिरिक्षक–एआईजी शैलेस थापालाई नेपाल प्रहरीको महानिरिक्षक(आईजिपीमा बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उहाँले बिहीबारदेखि कार्यभार सम्हाल्नुहुने छ । २०७९ बैशाख १८ सम्म उहाँ नेपाल प्रहरीको आईजिपी रहनुहुने छ ।

वर्तमान आईजिपी ठाकुर प्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउदैहुनुहुन्छ । उहाँले २०७६ माघ २९ गते आईजिपीको जिम्मेवारी सम्हाल्नुभएको थियो । अबको आईजिपीका लागि थापाबाहेक हरि पाल मात्र उमेद्ध्वार हुनुहुन्थ्यो । एआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ। हाल रहेका तीन जना एआईजीमध्ये तारिणिप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश लिदै हुनुहुन्छ । वर्तमान आईजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरिक्षकबाट सेवा सुरु गर्नुभएको थियो ।

थापा र पालले एकै दिन अर्थात २०४९ बैशाख १९ गते प्रहरी निरिक्षकबाट सेवा सुरु गर्नुभएको हो । गत फागुनमा एआईजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा रहनुभएको थियो । थापा एसएसपी र डीआईजी हुँदापनि ब्याचीमध्ये पहिलो नम्बरमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू