अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नागरिक समाजले निकाल्यो र्याली

बिआरटीनेपाल २०७७ असार २३ गते ७:२३ मा प्रकाशित

राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन मंगलबार र्याली निकालेका छन् । नारायणगोपाल चोकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाहले भने कोरोना महामारीको समयमा औपचारिक कार्यक्रमको आयोजना नगरेपनि राजावादीहरुले निर्मल निवास अगाडी नारा लगाएर फकिएका थिए । सामान्यतया हरेक वर्ष पूर्वराजाको जन्मोत्सवमा निर्मल निवासमा विशेष समारोहको आयोजना हुने गरेको थियो ।

सुभेच्छुक तथा शुभचिन्तकहरु उनलाई शुभकामना दिन निर्मल निवास पुग्ने गरेका थिए । राजा महेन्द्रका माइला छोरा ज्ञानेन्द्र २००४ सालमा जन्मिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू